संरक्षण र प्रचारमा कमी

दैलेखमा धेरै ऐतिहाँसिक कुराहरु छन् । जिल्लाको मात्र हैन नेपालकै ईतिहाँस बोकेका गाथाहरु समेत दैलेखमा छन् तर त्यस्ता बस्तुहरुको प्रयोग र प्रचार गरेर जिल्लाले पाउनुपर्ने सुविधा र फाईदा भने कुनै ठाउँवाट पाउन सकेको छैन्  ।
अलि अलि प्रचार गरेर पर्यटन वोर्डवाट सामान्य रकम आउने र त्यही रकमको पनि सहि सदुपयोग नगरेर सकिने काम बाहेक दैलेखको पर्यटन पर्वद्धनमा अरु उल्लेखनिय कुरा हुन सकेको छैन् ।
प्रत्येक बर्ष जिल्लाका ऐतिहाँसिक स्थानहरुको कम्तिमा एउटा वृतृचित्र बनाई बर्षको एकपटक वा दुईपटा वा अवस्था   हेरीकन त्यसको प्रचार प्रसार गर्ने मगज यहाँ कसैको हुँदैन् किनभने कहाँवाट कति कमिशन आउँछ भनेर हेर्नेहरुको मात्रै भीड देखिन्छ यहाँ अनि कसरी हुन्छ दैलेखको पर्यटनको     राम्रो विकास ।
एउटाले राम्रो काम गर्न थाल्यो भने अर्कोले खुट्टा काट्ने प्रवृतीको धेरै विकास भएकै कारण दैलेखमा वसेर राम्रो गर्ने मानिसहरुको निरास वन्दै गएका छन् ।
हाम्रो लागि भनेर सवैले एकमत प्रकट गर्दै यसको विकास गर्न नसके दैलेखको पर्यटन कागजी विल र भरपाई मिलाएझै गरि         हराउँदै जाने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार